राजनीति


प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको अवरोध

प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको अवरोध

नेपालखबर
जेठ १४, २०८२ बुधबार १३:२, काठमाडौँ

विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्।  

विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरिरहेका हुन्।

यसअघि मंगलबारको बैठकमा पनि विपक्षीले अवरोध गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन हिजो र आज प्रमुख सचेतकसँग छलफल गरेका थिए।  

सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए।‍ निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे। 

'प्रत्येक माननीयलाई बोल्न दिएर कसरी सकिन्छ। म दलीय आधारम समय उपलब्ध गराउँछु' सभामुख घिमिरेले भने।

उनले दलीय आधारमा नबोल्ने भए गृहमन्त्री जवाफ दिने प्रस्ताव गरे। 'आज माननीय सदस्यहरूले दलीय आधारमा बोल्नुपर्छ नभए गृहमन्त्रीले समय माग्नु भएको छ। त्यसले गर्दा बसेर वातवारण बनाउनुस् । बल्ल कार्यक्रम अघि बढ्छ' उनले भने, 'माननीय सदस्यहरूले मान्नुहुन्छ भने म उहाँलाई समय दिन्छु। सभाको कारबाही अगाडि लैजानुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad