राजनीति


विपक्षी मोर्चाको नयाँ प्रस्ताव: ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गरौँ

विपक्षी मोर्चाको नयाँ प्रस्ताव: ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गरौँ

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १२:३७, काठमाडौँ

विपक्षी दलको बैठकले ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ। भिजिट भिसा प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित उनीहरूले ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गर्न प्रस्ताव गरेका हुन्। 

नेकपा मा‌ओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूको छलफलले भिजिट भिसा प्रकरणमा सम्बन्धित छानबिन बनाउने र यसलाई सधैँका लागि निराकरण गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेको हो। 

'उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको 'भिजिट भिसा प्रकरण' सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने'  बैठकको निष्कर्ष छ।  

आजको बैठकले योसहित तीन बुँदे निष्कर्ष निकालेको रास्वपाका सांसद मनीष झाले जानकारी दिए। 

अर्को बुँदामा उनीहरूले यस प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने र त्यसको परिणाम नआएसम्म गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने भनेका छन्। 

त्यस्तै यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनीहरूको अर्को निष्कर्ष छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad