संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दैछ।
प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ः०० बजेका लागि बोलाइएको छ। तर, भिजिट भिसा प्रकरणलाई लिएर मंगलबार बस्दै नबसी स्थगित भएको बैठक आज पनि बस्ने नबस्ने ठेगान छैन।
आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि आजको लागि तय भएको संसद् सचिवालयले जनाएको छ।
त्यसैगरि राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ।
हेर्नुहोस् दुवै सदनका कार्यसूची


Shares

प्रतिक्रिया