राजनीति


भारतमा अलपत्र नेपालीलाई देशभित्रै क्वारेन्टिनमा राखः राजमो

भारतमा अलपत्र नेपालीलाई देशभित्रै क्वारेन्टिनमा राखः राजमो

नेपालखबर
चैत २४, २०७६ सोमबार १३:५०,

राष्ट्रिय जनमोर्चाले लकडाउनका कारण नेपालमा प्रवेश नपाएर सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई देशभित्रै ल्याएर क्वारेन्टिनमा राख्नुपर्ने बताएको छ।

राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सोमबार वक्तव्य प्रकासित गरी भारतका विभिन्न सीमाहरूमा अलपत्र परेर बसेका करिब एकहजार नेपालीले धेरै नै कष्टप्रद र पीडादायक जीवन बिताउन परिरहेको उल्लेख गर्दै उनीहरूलाई उद्दार गरी नेपालमा आवश्यकतानुसार क्वारेन्टिनमा राखि आवश्यक व्यवस्था गर्न माग गरेकी छन्।

वक्तव्यमा भनिएको छ, ‘भारतमा बसेका लाखौँ नेपालीहरूको रोजगार समाप्त भएपछि बेखर्चीभई भोकभोकै बस्ने स्थिति उत्पन्न भएको छ। उनीहरूलाई विश्व स्वास्थ्य संठनको प्रोटोकलअनुसार आवश्यक व्यवस्था गर्नका लागि भारत सरकारसित उच्चस्तरको कुटनीतिक पहल गर्न हामीले सरकारसित माग गर्दछौँ।’

यस्तै, राजमोले अहिले सम्पूर्ण विश्वमा नै कोरोना भाइरसका कारणले उत्पन्न भएको संकटको अवस्थामा संसारका अन्य देशहरूका नेपालीहरूको समस्यालाई समाधान गर्न वा आवश्यक व्यवस्था गर्नका लागि सम्बन्धित देशका सरकारहरूसित कुटनीतिक स्तरमा पहल गर्न पनि सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad