राजनीति


माधव नेपालविरुद्ध मुद्दा पर्ला भनेर सोचेकै थिइनँ: झलनाथ खनाल

माधव नेपालविरुद्ध मुद्दा पर्ला भनेर सोचेकै थिइनँ: झलनाथ खनाल

फाइल तस्बिर: झलनाथ खनाल


नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १०:१९, काठमाडौँ

नेकपा एकीकृत समाजवदीका ‘सम्मानित नेता’ झलनाथ खनालले आफ्ना पार्टी अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसरी मुद्दा हाल्ला भनेर कल्पनै नगरेको बताएका छन्। 

बीबीसी नेपालीसँगको अन्तवार्तामा उनले यो काण्ड पनि ललिता निवास प्रकरणजस्तै सामसुम होला भन्ने सोचेको तर अवस्था फरक देखिएको बताएका हुन्। 

‘तपाईंले त चिताउनु पनि भएको थिएन होला नि, आफ्ना अध्यक्ष यसरी अख्तियारको मुद्दामै पर्लान् भनेर?’

झलनाथः ‘अँ मैले त्योचाहिँ चिताएको थिइनँ। यस्तो हुन्छ, मुद्दै परिहाल्छ भन्ने खालको कुरा मैले सोच्या थिइनँ। किनभने तपाईंसँग पहिला पनि कुरा भाकै हो, ललिता निवासका बारेमा। त्यतिबेला पनि विभिन्न ढंगले होहल्ला, चर्चा भयो, तर त्यो त्यत्तिकै सामसुम भएर पनि गयो।’

भूतपूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले मुद्दा अदालतमा दर्ता भइसकेकाले अब फैसला कुर्नुको विकल्प नभएको पनि बताएका छन्। 

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad