राजनीति


माओवादीको २ बुँदे मान्छौँ, रास्वपाको ५ बुँदेमा छलफल हुँदैन : भट्टराई

माओवादीको २ बुँदे मान्छौँ, रास्वपाको ५ बुँदेमा छलफल हुँदैन : भट्टराई

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८२ बुधबार १८:४०, काठमाडौँ

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पठाएको ५ बुँदे प्रस्तवमाथि छलफल नहुने बताएका छन्। 

बुधबार नयाँ वानेश्वरस्थित संघीय संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले बरु माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको कुरामा सहमत रहेको उल्लेख गरे।

‘रास्वपाले पठाएको ५ बुँदेमा कुनै छलफल नै हुँदैन, त्यसमा जान सकिँदैन,’ भट्टराईले भने, ‘हामी माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ। विपक्षी दलले भोलि एक दिन फेरी छलफल गर्न समय माग गर्नुभएको छ।’ 

उनले थपे, ‘माओवादीको दुई बुँदेमा, जुन हामीले पनि सहमति जनाएका छौँ, त्यसमा सहमति गर्ने कोसिस गर्नुहुन्छ होला। त्यो भएन भने लामो समय संसद् अवरुद्ध हुन सक्दैन। संसद अगाडि बढ्छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन्। 

आज पनि प्रतिनिधि सभा बैठक पनि अवरुद्ध भयो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad