राजनीति


संसद्‍मा आज पनि रास्वपाको नाराबाजी

संसद्‍मा आज पनि रास्वपाको नाराबाजी

तस्बिरः संघीय संसद् सचिवालय


नेपालखबर
असार २, २०८२ सोमबार १२:५१, काठमाडौँ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेकमाथि छानबिन हुनुपर्ने माग राख्दै संसद् अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि अवरोध कायमै राखेको छ। 

सभामुख देवराज घिमिरेले भने बजेट पास गर्ने समय सीमा नजिकिएको भन्दै अवरोध नगर्न आग्रह गरेका थिए।

उनले भने, ‘यो बजेट अधिवेशन र बजेट पनि निश्चित अवधिभित्र पारित हुनुपर्ने समयको सीमाको कारणले गर्दा हामी अन्य विषयमा जान सकिदैँन, त्यसले गर्दा माननीय सदस्यले आसनग्रहण गरेर नियमित कार्य सञ्चालनमा सहयोग गरिदिन म अनुरोध गर्दछु।’

उनको आग्रहका बीच पनि रास्वपा र राप्रपाले अवरोध भने कायमै राखे। प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिके रास्वाप सांसदहरुले वेल घेरेर नाराबाजी सुरु गरेका छन्।

त्यसपछि सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad