राजनीति


'कुलिङ पिरियड' हटाउन कर्मचारीहरूले प्रधानमन्त्रीलाई धम्की दिइरहेका छन् : सांसद पाण्डे

'कुलिङ पिरियड' हटाउन कर्मचारीहरूले प्रधानमन्त्रीलाई धम्की दिइरहेका छन् : सांसद पाण्डे

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८२ बिहिबार १३:३८, काठमाडौँ

नेकपा एकीकृत सांसद राजेन्द्र पाण्डेले निजामती कर्मचारी विधेयकमा रहेको 'कुलिङ पिरियड'सम्बन्धी व्यवस्था हटाउन प्रधानमन्त्रीलाई कर्मचारीले दवाव दिइरहेको बताएका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उच्च पदस्त कर्मचारीले सामूहिक राजीनामा दिने धम्की दिएर विधेयक रोक्न खोजेको समेत दाबी गरे।

‘केही समयतया केही उच्चपदस्त कर्मचारीले प्रधानमन्त्रीकहाँ गएर दबाव दिएर 'कुलिङ पिरियड' खारेज गराउनका लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्कीपूर्ण व्यवहार गर्दै अहिले यो विधेयक ल्याउनका लागि रोकावट भइराखेको कुरा मैले सुनेको छु,’ पाण्डेले भने, ‘सरकारले खुट्टा नकमाउओस्। तुरुन्त ल्याओस्।’

उनले सचिवले राजीनामा दिँदैमा फरक नपर्ने तर प्रधानमन्त्री 'कुलिङ पिरियड' राख्ने विषयबाट पछाडि हट्न नहुनेमा जोड दिए।

‘२५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन्,’ पाण्डेले भने, ‘नयाँ व्यक्तिहरुले जिम्मेवारी पाउँछन्। धम्कीको भरमा नीति निर्माणमा यस्तो गर्न दिनुहुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad