राजनीति


शीर्ष नेताको बैठक स्थगित

शीर्ष नेताको बैठक स्थगित

नेपालखबर
असार ५, २०८२ बिहिबार १४:२७, काठमाडौँ

शीर्ष नेताको बैठक स्थगित भएको छ। दिउँसो २ बजेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको बैठक स्थगित भएको हो। 

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले आजको बैठक स्थगित भएको सूचना आएको जानकारी दिए। 

यता प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले पनि आजको बैठक स्थगित भएको जानकारी दिए। 'बैठक स्थगित भयो' उनले भने।  

यसअघि प्रधानमन्त्री ओलीले बुधबारका लागि बैठक डाकेका थिए। बुधबार प्रचण्ड काठमाडौँबाहिर भएकोले बैठक स्थगित भएको थियो। आज प्रचण्ड काठमाडौँ आइसकेपछि बैठक बस्ने भनिएको समय घर्किसकेपछि प्रधानमन्त्रीले बैठक स्थगित गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad