खेल


मलेसियामा हुने एसीसी यू१६ इस्ट जोन कपमा छनोट भए १४ खेलाडी

मलेसियामा हुने एसीसी यू१६ इस्ट जोन कपमा छनोट भए १४ खेलाडी

नेपालखबर
असार ५, २०८२ बिहिबार १४:३२, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा भोलिदेखि सुरु हुने एसीसी यू१६ इस्ट  जोन कपका लागि १४ खेलाडी छनोट गरेको छ। 

भोलिदेखि आगामी ६ जुलाईसम्म हुने प्रतियोगितामा नेपालले विपिन प्रसाद शर्माको कप्तानीमा प्रतिस्पर्धा गर्नलागेको हो। 

टोलीमा सूर्यान्शु कोइराला उपकप्तान, शिवांश बजगाईं र परिमर्जन यादव विकेट किपर छन्। 

यसबाहेक रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल, शुभम् खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन साही छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad