नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताएका छन्।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताए।
उनले देशमा जता हेरे पनि अनियमितता, अपराधीकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताए। उनले यसलाई सरकारले नियन्त्रणले गर्नुपर्नेमा सरकार स्वयं नै बिरामी रहेको टिप्पणी गरे।
सुनारले सरकार आफ्नै व्यथा हल गर्न नसकेको सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको जिकिर गरे। उनले अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए। उनले मुलुकमा सुशासन भनिए पनि कुशासन भएको जिकिर गरे।
उनले भने, ‘देश प्रगति पथतिर जाने कहिले? हाम्रो समाज यति धेरै अपराधीकरण भएको छ कि, राम्रो बाटोमा जाला भनेको अधोगति तिर गइरहेको छ। यो के भएको हो? जता हेर्यो अनियमितता, अपराधीकरण, भ्रष्टाचार र हत्या हिंसा यस्ता लुटतन्त्रले मौलाउने अवसर पाइरहेको छ। यसलाई सरकारले नियन्त्रणले गर्ला भन्यो, स्वयं सरकार नै बिरामी छ। उसले आफ्नै व्यथा हल गर्न सकेको छैन, जनताको व्यथा कसरी हल गरोस्?’
उनले थपे, ‘अदालततिर हेर्यो, त्यो अदालत गन्हाइरहेको सारा जनमानसको भनाइ छ, सरकारतिर हेरौँ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। हामी सधैँ सुशासन, सुशासन, सुशासन भएन भन्छौँ, भएको छ कुशासन।’
Shares

प्रतिक्रिया