राजनीति


५० दिन प्रहरी हिरासतमा बस्दा रवीन्द्र मिश्रले लेखे ३५ वटा कविता

५० दिन प्रहरी हिरासतमा बस्दा रवीन्द्र मिश्रले लेखे ३५ वटा कविता

नेपालखबर
असार ५, २०८२ बिहिबार १६:५८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ५० दिन हिरासतमा बस्दा ३५ वटाभन्दा बढी कविता लेखेको बताएका छन्। उनले ८२ दिनपछि फेसबुक पोस्ट गरेको उल्लेख गर्दै आफू अहिले सामान्य अवस्थामा आइसकेको बताएका छन्।  

'५० दिनको हिरासत बसाइ र त्यसपछि एक महिनाको असहज स्थितिपछि म अहिले सामान्य अवस्थामा फर्किएको छु। यी कठिन दिनहरूमा मलाई निस्वार्थ ढङ्गबाट आत्म विश्वास दिने, साथ र समर्थन दिने देश-विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति मैले जति आभार प्रकट गरे पनि पुग्दैन। सशक्त अधिवक्ताहरूको दरो र निस्वार्थ साथ नभइदिएको भए आजको स्थिति संभव हुने थिएन। सबैलाई नमन गर्दछु,' उनले फेसबुकमार्फत भनेका छन्, 'अब म सबैसँग सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने नै छु। ५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको रहेछु। तीमध्यै कुनैकुनै सामाजिक सञ्जालमा प्रेषित गर्ने नै छु।'

उनले राजनीतिक नेतृत्वले प्रतिशोध साँध्ने प्रयास गर्दा गर्दै पनि जिल्ला अदालत काठमाडौँले न्याय दिएको उनको दाबी छ। उनले अझै लामो कानुनी प्रक्रिया बाँकी नै रहेको भन्दै न्यायलयप्रति आभार व्यक्त गरेका छन्।   

त्यस्तै उनले देशको दीर्घकालीन हित र समग्र रुपान्तरणप्रति मेरो अटल विश्वास र दृढतामा कुनै कमी नआएको पनि बताएका छन्। आगामी दिन पनि कानुनी संघर्षबाट पनि न्यायलयबाट न्याय पाउनेछु भन्नेमा विश्वस्त रहेको उनको भनाइ छ।  

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका उनी त्यही दिन पक्राउ परेका थिए। जिल्ला अदालतले उनलाई रिहा गर्ने आदेश दिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad