नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबरविरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन काठमाडौँ जिल्ला अदालतले खारेज गरिदिएको छ।
जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले दुई दिनको सुनुवाइपछि यो फैसला गरेको हो।
यो फैसलासँगै नेपालखबर र बिजमान्डुले श्रेष्ठका विषयमा प्रकाशित समाचार सामग्रीहरू हटाउनु नपर्ने भएको छ। योसँगै न्यायाधीश पीताम्बर शर्माको इजलासले जेठ २७ मा जारी गरेको समाचार हटाउने आदेश पनि खारेज भएको छ।
इप्पान अध्यक्ष गणेश कार्कीसँग ‘तत्कालै’: बिचौलियाले धितोपत्र बोर्ड अध्यक्षको नामै लिएर कमिसन मागेका छन् (भिडिओ)
श्रेष्ठले बिचौलियामार्फत घुस मागेको विषयका समाचार प्रकाशन भएपछि नेपालखबर र बिजमान्डुविरुद्ध श्रेष्ठले निवेदन दायर गरेका थिए।
निषाधाज्ञाको निवेदनमा एकपक्षीय सुनुवाइपछि गत जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
जेठ २७ गते न्यायाधीश शर्माको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबारे प्रकाशित समाचार हटाउन र थप नलेख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सोही आदेशमा नेपालखबर र बिजमान्डुसँग लिखित जवाफ माग गर्दै बुधबारका लागि छलफलमा झिकाएको थियो।
त्यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा बुधबार बहस नसकिएपछि बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको थियो। बिहीबार प्रतिवादीका तर्फबाट बहस सकिएपछि निवेदक श्रेष्ठका वकिलले जवाफी बहस गरेका थिए।
श्रेष्ठले अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिन माग गरेका थिए। नेपालखबर र बिजमान्डुले भने श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले प्रश्न उठ्नु स्वाभाविक भएको बताउँदै निवेदन नै खारेजीको माग गरेका थिए।
-
जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले प्रतिशत नै तोकेर मागे कमिसन
-
धितोत्रप बोर्डको नेतृत्वले ‘कमिसन मागेको’ विषयमा अख्तियारको ‘एक्सन’
-
११ महिनापछि धितोपत्र बोर्डले पायो अध्यक्ष, सन्तोषनारायण नियुक्त
-
बिचौलिया हावी हुँदा सञ्चालक सदस्यले बोर्ड बैठक नै छल्न थाले, अलमलमै बित्यो सन्तोषनारायणको ५ महिना
-
सन्तोषनारायणले बिचौलिया पठाएर ५–७ प्रतिशत कमिसन मागेपछि ऊर्जा प्रवर्द्धकले बनाए यस्तो रणनीति
-
नयाँ स्टकको लाइसेन्स दिन सन्तोषनारायणले बोलाए बोर्ड बैठक, बिचौलियाको स्वार्थमा निर्णय गर्न सञ्चालक त्रसित
-
बजेटमा ‘टेक एन्ड पे’पछि ओझेल पर्यो धितोपत्र बोर्डका सन्तोषनारायणले ‘बिचौलिया’मार्फत कमिसन मागेको विषय
-
ऊर्जा प्रवर्द्धकसँग सन्तोषनारायणको ‘प्रतिशोध’ : पाइपलाइनबाट आईपीओ हटाए, पूर्वस्वीकृति रोक्न पत्र काटे
-
जलविद्युत् प्रवर्द्धकसँग कमिसन मागेको ‘अडियो’ अख्तियारदेखि प्रधानमन्त्रीसम्म पुग्यो, बोर्डसँग २३ महिनाको क्षतिपूर्ति मागिँदै
-
अख्तियारले छानबिन थालेकाले कमिसन ‘बार्गेनिङ’ आरोप लागेका श्रेष्ठलाई अर्थ मन्त्रालयले स्पष्टीकरण नसोध्ने
-
लिङ्देनको प्रश्न– ७ प्रतिशत कमिसन मागेको कुरा ऊर्जा उत्पादकले सार्वजनिकरुपमै भनेका छन्, कारबाही गर्नुपर्दैन?
-
गभर्नरमा अलमल र धितोपत्र बोर्डमा कमिसन चलखेलले धर्मरायो सेयरबजार
-
जलविद्युत् कम्पनीहरूसँग अध्यक्षले ७ प्रतिशत कमिसन मागेको विषयमा धितोपत्र बोर्डको यस्तो प्रस्टीकरण
-
कमिसनको आम्दानीले नपुग्ने भन्दै ब्रोकरले मागे कार्यक्षेत्र विस्तार, चुक्ता पुँजी बढाउने समय २ वर्ष थप्न माग
Shares

प्रतिक्रिया