ठूलो परिमाणमा लागुऔषध तथा स्रोत नखुलेको नगदसहित एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा धनुषाको जनकपुर घर भई हाल काठमाडौँ महानगरपालिका–१५ अजिमा हल नजिक डेरा गरी बस्ने वर्ष २० की मनीषा ठाकुर रहेकी छन्।
मनीषाले लागुऔषध बेचबिखन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनको कोठामा खानतलासी गर्दा विभिन्न खालका लागुऔषध र नगद रु २ लाख २५ हजार ८०० रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।
बरामद लागुऔषध
१) ट्रमाडोल– २१५०० पिस ट्याबलेट
३) डाईजापाम– २६० पिस
४) नर्फिन– २६० पिस
324
Shares

प्रतिक्रिया