प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।
अँइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ।
सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ।
यस्तै, सांसदहरूले राखेका खर्च कटौतीका प्रस्तावसमेत बैठकमा पेस गर्ने कार्यसूची छ।
यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गरेको जानकारी गराउने छन्।।
उनले ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

Shares

प्रतिक्रिया