राजनीति


प्रकाशमानमाथि सूर्य थापाको टिप्पणी: जय नेपाल भनेकै आधारमा पार्टी कार्यकर्ताले बजेट पाए

प्रकाशमानमाथि सूर्य थापाको टिप्पणी: जय नेपाल भनेकै आधारमा पार्टी कार्यकर्ताले बजेट पाए

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८२ आइतबार १४:२४, काठमाडौँ

नेकपा एमालेका सांसद सूर्य थापाले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंहमाथि आक्रोश पोखेका छन्। सहरी विकास मन्त्रालय लथालिंग रहेको भन्दै उनले प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्ने बताएका हुन्। 

कोको मन्त्रीले संयुक्त सरकार हो भनेर हेक्का राखेर काम गर्नुपर्ने हो। यदि त्यो हुन्न भने प्रधानमन्त्रीज्यूले आफ्नो टिमको पुनर्मूल्यांकन गर्नुपर्छ। सहरी विकास मन्त्रालय सबैभन्दा लथालिंग मन्त्रालय बनेको छ। जनताको पक्षमा ध्यान छैन,' उनले भने, 'प्रकाशमान सिंह गणेशमानको छोरा हुनुहुन्छ भन्ने साथीहरूले सुनाउनभयो। हुनुहुन्छ कि हुनुहुन्न त्यो मलाई थाहा छैन। जय नेपाल भनेकै आधारमा पार्टी कार्यकर्ताले बजेट पाए।'

टुक्रे योजना राखेको विषयमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि पनि आक्रोश पोखे। 

केही दिनअघि नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको भवन बनाउन बजेट हालिदिएको भनेर पत्र सार्वजनिक भएपछि सिंहको निकै आलोचना भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad