राजनीति


प्रधानमन्त्री ओलीसँग देउवाले गरे एक घण्टा छलफल

प्रधानमन्त्री ओलीसँग देउवाले गरे एक घण्टा छलफल

फाइल फोटो


नेपालखबर
असार ९, २०८२ सोमबार २०:३४, काठमाडौँ

प्रधामनन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ एक घण्टा छलफल भएको छ।

उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखकलाई लिएर देउवा बालुवाटार पुगेका थिए। 

‘उहाँहरूबीच एक घण्टा छलफल भयो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘क्याबिनेट बैठक अघि भेटघाट भएकोले केही विषयमा समझदारी जुटेको हुनुपर्छ।’

बालुवाटार र देउवा निकट स्रोतका अनुसार बजेट पारित गर्ने, टेक एण्ड पे फिर्ता लिने र भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने लगायत विषयमा छलफल भएर समझदारी पनि जुटेको छ। जसलाई अहिले केहीबेरपछि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad