राष्ट्रिय सभाको बैठक आज बस्दै छ।
बिहीबार दिउँसो सबा १ बजे राष्ट्रिय सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा सांसद् जगप्रसाद शर्माले खानेपानीमा नागरिकको सहज पहुँच पुर्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरि बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विनियोजन विधेयक- २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्।
त्यसैगरि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली-२०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक- २०८२ सभा समक्ष पेस गर्ने कार्यसूचीसमेत रहेको संसद् सचिवालका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

81
Shares

प्रतिक्रिया