राजनीति


निजामती विधेयक च्यात्दै प्रभु साहले भने: पारित भए देशमा आगो बल्छ

निजामती विधेयक च्यात्दै प्रभु साहले भने: पारित भए देशमा आगो बल्छ

नेपालखबर
असार १५, २०८२ आइतबार १५:३७, काठमाडौँ

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाको रोस्ट्रमबाटै च्यातिदिएका छन्।  आज आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले विधेयक पुस्तक च्यातिदिएका हुन्। उनले उक्त विधेयकलाई गरिबमारा पनि भनेका छन्।   

'यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ। गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन,' उनले भने, 'यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ।'

निजामती सेवा विधेयकमाथि सदनमा छलफल जारी छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad