राजनीति


यी १३ विषयमा हुँदैछ कांग्रेस बैठकमा छलफल

यी १३ विषयमा हुँदैछ कांग्रेस बैठकमा छलफल

नेपालखबर
असार १६, २०८२ सोमबार १४:५९, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ। बैठकमा विभिन्न १३ वटा विषयमा छलफल हुँदैछ।  

बैठकमा सहभागी नेताका अनुसार पार्टीको सय दिने अभियानका प्रतिवेदनदेखि समसामयिक राजनीतिक, सामाजिक, शैक्षिक, प्रशासनिक क्षेत्रका विषयलाई एजेन्डाको रुपमा प्रस्तुत गरिएको छ।  बैठक ९ महिनापछि बसेको हो। 

यस्ता छन् १३ एजेन्डा 
- १०० दिने अभियानका प्रतिवेदन प्रस्तुत र छलफल 
- केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन
- केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत 

-अनुशासन समितिको प्रतिवेदन
- कृयाशिल सदस्यता नवीकरण प्रगति विवरण
- केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय 
- नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा
- नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त 'नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ' र 'नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ' (निस्टा) को नाम संशोधन सम्बन्धमा
- कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन
- जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा
- संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारीता (मन्त्रीहरूको प्रतिवेदन सहित छलफल)
- समसामयिक विषय (राजनैतिक, सामाजिक,
- शैक्षिक, प्रशासनिकलगायत
- विविध।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad