राजनीति


कांग्रेस बैठकमा खेलकुदमन्त्रीको गुनासो: विदेश घुम्ने कार्यक्रममा भाग दिइएन

कांग्रेस बैठकमा खेलकुदमन्त्रीको गुनासो: विदेश घुम्ने कार्यक्रममा भाग दिइएन

नेपालखबर
असार २०, २०८२ शुक्रबार १८:११, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री विदेश घुम्ने कार्यक्रमलाई खेलकुद मन्त्रालयलाई भाग नदिइएको भन्दै गुनासो गरेका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मन्त्रालयगत विवरण पेस गर्नेक्रममा उनले यस्तो गुनासो गरेका हुन्।  

'पार्टीभित्र युवाको परिचालन चाहिनेजति गर्न सकिएको छैन। सरकारसँग खेलाडी, युवा लक्षित कार्यक्रम छन्। विदेश घुम्ने कार्यक्रम छन्,'उनले भने, 'तर सबै ठाउँमा भागबन्डा हुने खेलकुदमा किन भागबन्डा भएन?' 

उनले विभिन्न ठाउँको कार्यकारी प्रमुख माओवादी केन्द्रनिकटका व्यक्ति हुँदा काम गर्न अप्ठ्यारो भएको पनि बताए। 

'राष्ट्रिय खेलकुद परिषद्, युवा परिषद्, नेपाल स्काउटमा जस्ता सबै ठाउँमा माओवादी छन्। त्यसले गर्दा काम गर्न अप्ठ्यारो भएको छ,' उनले भने, 'खेलकुदमा राजनीतिकसँगै सबै हस्तक्षेप भएको छ। सदस्यसचिव एक्लैले कार्यसमिति बनाइरहेका छन्।'  

उनले ओलम्पिक कमिटीमा विवाद जारी रहेको पनि सुनाए। उनले अहिले ओलम्पिक कमिटीमा अहिले आफ्नो पक्षमा बहुमत जुटेको पनि बताए। 

'एनओसीमा रहेका २७ मध्य २२ जना साथीहरू हाम्रो पक्षमा आएका छन्,' उनले भने।  त्यस्तै एसियन गेम्सका लागि सहयोग नभएको भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराए।  

'अहिले ३० वटा खेलहरू एसियन गेम्सका लागि गएका छन्। एसियम गेम्सका लागि हाम्रै साथीहरुले सहयोग गरेनन्। ह्यान्डबल, बास्केटबल अध्यक्ष भीम गुरुङ, कराते महासंघका महासचिव दावा गुरुङले सहयोग गरेनन्' उनले भने।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad