समाज


नेपाल–भारत सीमा क्षेत्रका वडाध्यक्षसँग सशस्त्र प्रहरीको छलफल

नेपाल–भारत सीमा क्षेत्रका वडाध्यक्षसँग सशस्त्र प्रहरीको छलफल

नेपालखबर
असार २०, २०८२ शुक्रबार १८:१५, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालले भारतसँग सीमाना जोडिएका क्षेत्रका वडाध्यक्षसँग छलफल गरेको छ। नं १ वाहिनी मुख्यालय पकली सुनसरीले भारतसँग सीमा जोडिएका ६६ वटा वडाका अध्यक्षसँग छलफल गरेको हो। 

‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तरगत बराह वाहिनीमा भएको छलफलको बाहिनीपति डीआईजी कुमार न्यौपानेले उद्घाटन गरे। 

कार्यक्रममा सीमामा भइरहेका गैह्रकानूनी गतिविधिहरूको विश्लेषण र नियन्त्रणका उपायहरू, सशस्त्र प्रहरी बलले सञ्चालन गरेका सीमावासी लक्षित कार्यक्रमहरू, सीमा सहजिकरण समितिको प्रभावकारीता र कार्यन्वयन पक्ष, सीमा स्तम्भको सुरक्षामा स्थानीय तहको भूमिका लगायत विषयमा छलफल भएको थियो। 

यस्तै सीमा सुरक्षामा सुचनाको आदान–प्रदान समन्वय पक्ष, सीमा स्तम्भको सुरक्षामा स्थानीय तह तथा जनप्रतिनिधिको भूमिका, सशस्त्र प्रहरी प्रति सीमावासी जनताको धारणा र अपेक्षा लगायत विषयमा छलफल भएको बाहिनीका प्रवक्ता एसएसपी सुधिरजंग थापाले जानकारी दिए। 

कार्यक्रममा बाहिनीका तर्फबाट ‘सीमा सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालको परिचालन तथा सम्पादन गरेका कार्यहरू र सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ सम्बन्धमा प्रस्तुतीकरण भएको थियो। 

कार्यक्रममा इलामको सूर्योदय नगरपालिकादेखि सुनसरीको कोसी गाउँपालिकासम्मका वडाध्यक्षहरू सहभागी थिए। 

उनीहरू सीमामा भएका गतिविधिका बारेमा जानकारी गराएका थिए। 

लागुऔषध ओसारपसार तथा सेवन, भन्सार छली गरी सामानहरूको अवैध ओसारपसार तथा चोरी तस्करी लगायत गतिविधिहरू नियन्त्रण गर्न हाल बन्द रहेका छोटी भन्सार कार्यालयहरू सुचारु गराउनु पर्ने र भन्सार नभएका नाकाहरूमा छोटी भन्सार कार्यालय स्थापना गर्नु पर्ने, सीमा इलाकामा महिला सशस्त्र प्रहरइी कर्मचारी थप्नु पर्ने विषय वडाध्यक्षहरूले उठाएका छन्। 

यस्तै सीमापार अपराध र अवैध गतिविधि नियन्त्रणका लागि आगामी दिनहरूमा सुचना आदान प्रदान तथा समन्वयको कार्यलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्ने पनि वडाध्यक्षहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad