अमेरिकाका लागि वेलायती राजदूत सर किम डारोचले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकार ‘रोगी’ भएको बताएका छन्।
राजदूत डारोचको लिक भएको भनिएको इमेलमा डारोचले ह्वाइट हाउस ट्रम्पको नेतृत्वमा आएपछि ‘रोगी’ र ‘विभाजित’ भएको बताएको बीबीसीले उल्लेख गरेको छ।
डारोचले अमेरिकी सरकार अयोग्य र असुरक्षित समेत भएको बताएका छन्।
अमेरिकाका लागि वेलायती राजदूतको मेल लिक भएपछि वेलायतको विदेश मन्त्रालयले उक्त मेल लिक हुनु सन्देहपूर्ण भएको प्रतिक्रिया दिए पनि मेलको वास्तविकताबारे केही बोलेको छैन।
अमेरिकाले अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।

प्रतिक्रिया