राजनीति


‘कुलिङ पिरियड’मा भएको फेरबदल गम्भीर त्रुटि हो, हामी सबै त्यसका अंशियार छौँ: विश्वप्रकाश

‘कुलिङ पिरियड’मा भएको फेरबदल गम्भीर त्रुटि हो, हामी सबै त्यसका अंशियार छौँ: विश्वप्रकाश

नेपालखबर
असार २८, २०८२ शनिबार १०:४५, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको शब्द फेरबदल गम्भीर त्रुटि भएको र त्यसमा सबै सांसद अंशियार रहेको बताएका छन्। 

यसैले अब त्यस्तो गल्ती नहोस् भनेर आफूले केही दिनअघि मात्र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसद्‌को कार्यसूचीबाट हटाउन लगाएको उनले उल्लेख गरेका छन्। 

‘निजामती विधेयकको ‘कुलिङ पिरियड’ सन्दर्भमा भएको शब्द फेरबदल गम्भीर त्रुटि हो। हामी सबै त्यसका अंशियार छौँ- मात्रात्मक रूपमा कमबेसी होला। यसमा सर्वदलीय छानबिन समिति पनि बनेको छ’, रासससँग अन्तर्वार्तामा शनिबार सांसद शर्माले भनेका छन्, ‘तर विधेयकको सन्दर्भमा कम छलफल हुन्छ भन्ने होइन। राज्य व्यवस्था समितिमा निजामती विधेयक पनि लामो समय छलफल भएको थियो। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक पनि सोही समितिले लामो छलफलपछि संसद्‌मा पठाएको हो। कहिलेकाहीँ हतारिएर विधेयक पारित गराउने प्रयास हुन्छ, त्यस्तो रोक्न हामी लागेका छौँ। केही दिनअघि संसद्‌मा प्रस्तुत गर्ने तयारीसहित कार्यसूचीमा राखिएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा सहमति जुटाएर मात्र अगाडि बढाउनुपर्ने भन्दै कार्यसूचीबाट हटाउन मैले नै पहल गरेको थिएँ।’

राज्य व्यवस्था तथा सुशसान समितिबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा राखिएको 'कुलिङ अफ पिरियड'सम्बन्धी व्यवस्थामा प्रतिनिधि सभाबाट पास गरिँदा ‘बाहेक’ शब्द थपिएको पाइएको हो। जसले 'कुलिङ अफ पिरियड'लाई निष्क्रिय बनाएको छ। जसले गर्दा सांसदहरूले विधेयक नपढी पास गर्दा रहेछन् भन्ने आलोचना भइरहेको छ।

उक्त त्रुटि कसरी भयो भन्ने विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको छ। जसले बुधबार मात्र आफ्नो कार्यविधिलाई अन्तिम रूप दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad