राजनीति


सरकारको छातीमा फेरि कुशासनको तक्मा थपिएको छ : सांसद किराँती

सरकारको छातीमा फेरि कुशासनको तक्मा थपिएको छ : सांसद किराँती

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८२ आइतबार १४:४४, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सुशासनका लागि भन्दै गठन भएको सरकारको छातीमा कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन्। 

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुसासनको तक्मा थपिएको छ। सामान्य प्रसासन र भूमि सुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो?’

सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुसासनको तक्मा थपिएको छ। सामान्य प्रसासन र भूमि सुधारमन्त्रीकोबारेमा सर्वत्र मिडियामा आएको कुरा के हो?

प्रधानमन्त्रीले संसद्‌मै आएर ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेको भन्दै त्यसबारे संसद्मा आएर जवाफ दिनुपर्ने माग गरे। ‘मलाई राम्रोसंग स्मरण छ- यही  उभिएर सम्माननीय प्रधानमन्त्रीले भन्नु भएको कुरा ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’। यो जुनीमा त के अर्को जुनीमा पनि चित्र गुप्ताको अगाडि उभिएर जवाफ दिन्छु,’ किराँतीले भने, ‘हामीलाई अर्को जुनी र चित्र गुप्ताको विश्वास छैन। त्यसैले सरकारको तर्फबाट यो सार्वभौमिक संसद्लाई सत्य तथ्य जवाफ चाहियो।’
 

उनले थपे, ‘यो भ्रष्ट सरकारले संसद्‍मा संख्याको आधारले केही समय त जित्ला तर हेक्का रहोस् जनताको मन भित्र निरन्तर हारीरहेको छ।’ 

प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा मानव तस्करी भएको भन्दै यसले देशको छविमाथि प्रश्न उठेको बताए। ‘समाचार अनुसार स्पेनमा आयोजित प्रधानमन्त्री नै सहभागी हुनुभएको कार्यक्रममा फेरि मानव तस्करी जस्तो जघन्य अपराध भयो,’ सांसद किराँतीले भने, ‘जस्ले देशको छविमाथि अन्तराष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठायो। यस विषयमा छानबिनगरि सत्य तत्थ्य प्रतिवेदन सार्वजानिक गरियोस् र दोषीमाथि कारबाही गरियोस्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad