सत्तारुढ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटका लागि बालुवाटार बोलाएको तर पार्टी कार्यालयमा भेटौँ भनेकाले उतै च्यासलमा भेटेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति र प्रधानमन्त्री भेट्दा ठूलो कुरा गर्न आवश्क नरहेको समेत बताए।
‘मैले विद्याजीलाई हिजो भेटेँ,’ बैठक १ घण्टा ४ मिनेट बोलेका उनले भने, ‘बालुवाटार बोलाएको, पार्टी कार्यलय देखेको छैन भन्नु भयो के ठूलो भयो?’
त्यस्तै ओलीले पूर्वराष्ट्रपतिको प्रवक्ता बन्न जरुरी नरहेको समेत उल्लेख गरेका छन्। ‘पूर्वराष्ट्रपति र प्रम भेट्दा किन ठूलो कुरा गर्नु पर्छ?’ उनको भनाइ छ, ‘कोही उहाँको प्रवक्ता बन्नु भएको छ, किन पर्यो त्यो?’
ओलीले भेटका क्रममा आफैले केही सुझाव दिएको तर त्यसबारे केही जवाफ नपाएको समेत बताए। ‘मैले सुझाव दिएको छु,’ उनले भने, ‘उहाँले के गर्नु हुन्छ, भनिसक्नु भएको छैन।’
Shares

प्रतिक्रिया