राजनीति


चाक्सीबारीको छलफलबारे जानकारी गराउन देउवा निवासमा नेताहरू

चाक्सीबारीको छलफलबारे जानकारी गराउन देउवा निवासमा नेताहरू

नेपालखबर
साउन ६, २०८२ मंगलबार ११:४७, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू सभापति शेरबहादुर देउवा निवास पुगेका छन्। सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलको निष्कर्ष पार्टी सभापति शेरबहादुर देउवालाई सुनाउन उनकै निवास बूढानीलकण्ठ पुगेका हुन्।  

सोमबार नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा शशांक कोइराला, गोपमानमा श्रेष्ठ, विजय गच्छदार र डा प्रकाशशरण महत चाक्सीबारीमा जुटेका थिए।

छलफलमा उनीहरूले एमाले-कांग्रेसको सहमतिअनुसार संविधान संशोधनसहितका कामहरू अघि नबढेको, सभापति देउवाले पनि गम्भीर विषयमा आफूहरूसँग छलफल नगरेको र नेता शेखर कोइरालाको सक्रियताको विषयमा छलफल गरेका थिए। 

यस विषयमा उनीहरूले देउवासँगै भेटेर कुरा गर्ने निष्कर्ष पनि निकालेका थिए। सोहीअनुसार आज उनीहरू देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad