राजनीति


यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल

यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल

नेपालखबर
साउन ८, २०८२ बिहिबार १५:५४, काठमाडौँ

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युिनष्ट पार्टी नेपालका नेता सिपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन्।

ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताए। बुर्जुवा गणतन्त्रले देशको विकास गर्न नसक्ने उनको भनाइ छ।

अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गरे। आफूहरु बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनको आरोप छ। 

उनले भने, ‘नेपाली कांग्रेसको एजेण्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिँडिरहेका छन्। अहिले जनगणतन्त्र आएको छैन। यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो। पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो। यसले देशमा विकास गर्दैन। बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ।’

नेता गजुरेलले प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन नसकेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad