राजनीति


शीतल निवास पुगेर सभामुखले गरे राष्ट्रपतिसँग भेटवार्ता

शीतल निवास पुगेर सभामुखले गरे राष्ट्रपतिसँग भेटवार्ता

शुक्रबार बिहान शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै सभामुख देवराज घिमिरे


नेपालखबर
साउन ९, २०८२ शुक्रबार १०:५५, काठमाडौँ

शुक्रबार बिहान सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। 

भेट राष्ट्रपति निवास (शीतल निवास) मा भएको हो।

भेटमा सभामुख घिमिरेले जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ अर्थात् साउन ११ गते जेनेभा जाने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad