राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजिएको आरोप लगाएको छ।
प्रतिनिधिसभा बैठकमा शुक्रबार रास्वपा सांसद विनीता कठायतले ‘कुलिङ अफ पिरियड’ हटाउन खोज्नुले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजेको जस्तो देखिएको बताइन्।
दुई वर्ष ‘कुलिङ अफ पिरियड’ राख्न खोज्दा एमालेले राख्न नखोज्नुको कारण के रहेछ भन्दै उनले प्रश्न गरिन्। उनले ‘कुलिङ अफ पिरियड’लाई जनताले नजिकबाट हेरिरहेको भन्दै सचेत हुन आग्रह गरिन्।
सांसद कठायतले भिजिट भिसा प्रकरणमा टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजिएको टिप्पणी गरिन्।
यस विषयलाई अन्तर्राष्ट्रिय जगतले समेत गम्भीरतापूर्वक हेरिरहेकाले उच्चस्तरीय छानबिन समिति बनाउन उनको माग छ। आफ्ना माग पूरा नभएकाले आन्दोलन जारी रहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया