नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध गर्न नहुने पक्षमा छन्।
सिधा रूपमा बुझ्न नसकिने गरी घुमाउरो किसिमले अभिव्यक्ति दिन माहिर पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले फेरि एकपटक भण्डारीका पक्षमा सामाजिक सञ्जालमा त्यसैगरी लेखेका छन्।
एमाले केन्द्रीय कमिटीले आफ्नो पार्टी सदस्यता नै खारेज गर्दै राजनीतिमा रोक लगाएपछि पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) विशेष पत्रकार सम्मेलन गरी त्यसलाई चुनौती दिएकी छन्।
उनले भनेकी छन्, ‘मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन।’
उनको उक्त अभिव्यक्तिपछि एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि तपाईं सुन्न चाहनु हुन्न भने अवश्य नै पढ्न तयार हुनुपर्छ। र, केही स्वादका लागि, केही चपाउनका लागि र केही सम्झिरहनका लागि पढिन्छ भनिन्छ।’
त्यसो त बास्कोटाले केही दिनअघि एमाले पोलिटब्युरो बैठकमा सिधै पनि भनेका थिए, ‘अध्यक्ष र पूर्वराष्ट्रपति आपसमा छलफल गरेर सुल्झाउनुस्’।
Shares

प्रतिक्रिया