कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामामाथि दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदैछ। दलका नेता लामा विरुद्ध इन्द्रबहादुर बानियाको नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो। सोही विषयलाई टुङ्गोमा पुर्याउन मतविभाजन गर्न लागिएको हो।
नेपाली नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परिवेक्षक राजन केसीको नेतृत्वमा अविश्वासको प्रस्तावमाथि मतविभाजन गर्न लागिएको हो। बागमती प्रदेशमा नेपाली कांग्रेसको ३७ सिट रहेको छ। जसमा अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका छन् भने बाँकी १६ सांसद लामाको पक्षमा रहेका छन्।
उनीमाथि दर्ता भएको अविश्वासको प्रस्तावलाई निचोडमा पुर्याउनको लागि प्रक्रिया सुरु गरेको कांग्रेस संसदीय दलका सदस्य सचिव कृष्ण लामाले जानकारी दिए।
जसका लागि बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा समूह र इबहादुर बानियाँ समूहका सांसदहरू संसदीय दलको कार्यालयमा उपस्थित भएका छन्।
मुख्यमन्त्री लामाले आफ्नो समूहका सबै सांसदहरू हेटौँडा नरहेका कारण सोमबार (भोलि) बिहान११ बजेका लागिसम्म बैठक सार्नका लागि अनुरोध गरे पनि बानियाँ समूहले आजै मतविभाजन गर्नुपर्ने अडान राखेपछि आजै प्रक्रिया सुरु गरिएको बताइएको छ।
मुख्यमन्त्री लामानिकट अर्थमन्त्री कुन्दनराज काफ्ले भोलि बिहान मात्रै हेटौँडा आइपुग्ने भएपछि लामाले आज बस्ने भनेको संसदीय दलको बैठक भोलिसम्मका लागि सार्न केन्द्रीय प्रतिनिधि राजन केसीसमक्ष अनुरोध गरेका थिए। तर, बानियाँ पक्षको दबाबका कारण आजै मतविभाजन गर्न लागिएको स्रोतले जनाएको छ।
Shares

प्रतिक्रिया