नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री कार्यलय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धरासयी बन्दै गएको बताएका छन्।
स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाइ थियो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरूले धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरूले भने जस्तो काम गर्न नसकेको बताएका हुन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति समेत रहेका कोइरालाले बीपी प्रतिष्ठानबाट पढेका डाक्टरहरू जहाँ-जहाँ पुगे पनि सबैले शीर उँचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताए।
Shares

प्रतिक्रिया