नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहरी क्षेत्रका जनतको स्वास्थ्यमा गम्भीर चुनौती देखिएको बताएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै गौतमले ललितपुर स्वास्थ्य कार्यालयले गोदावरीमा हालै गरेको परीक्षणमा ६० प्रतिशत जारको पानीमा फिकल कोलिफर्म भेटिएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।
'सहरी क्षेत्रका बासिन्दा गम्भीर जनस्वास्थ्य चनौतीको सामना गरिरहेका छन। ललितपुरको गोदावरीमा ललितपुर स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा ६०% जारको पानीमा फिकल कोलिफर्म भेटिएको छ,' उनले भनिन्, 'जसले पिउने पानीमा ढलजन्य पदार्थको मात्रा भएको प्रमाणित गर्छ। जसले गर्दा सुरक्षित मानेर पिएको पानी नै रोगको स्रोत बनेको छ।'
'म सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्दछु। सबै जारको पानी आपूर्ति हुने ठाउँमा कडाइका सात नियमित निरीक्षण होस्,' उनले थपिन्, 'परीक्षणको नतिजा पारदर्शी रूपमा सार्वजनिक होस्। सहरमा पानी प्रशोधन प्रणाली सुदृढ पार्न ठोस पहल होस, र सुरक्षित खानेपानीबारे व्यापक जनचेतना अभियान तत्काल सञ्चालन होस। यो केबल स्वास्थ्यको विषय मात्र होइन। यो राज्यले नागरिकको सुरक्षित पानी पिउने अधिकारको रक्षा गर्ने संवैधानिक दायित्व पनि हो।'
Shares

प्रतिक्रिया