कारोबार


नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

नेपालखबर
साउन १९, २०८२ सोमबार १४:१६, काठमाडौँ

टोयोटाको आधिकारिक बिक्रेट युनाइटेड ट्रेडर्स सिन्डिकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।

साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू छन्।

एक्सपोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’, ‘ल्यान्ड क्रुसर २५०’ लगायतका सवारीहरू प्रदर्शनमा राखिनेछ। एक्सपो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवालगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी टोयोटाको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्। यद्यपि यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad