राजनीति


गोकुल बाँस्कोटाको प्रश्नः संविधान संशोधनको विषय कहाँ पुग्यो?

गोकुल बाँस्कोटाको प्रश्नः संविधान संशोधनको विषय कहाँ पुग्यो?

नेपालखबर
साउन २१, २०८२ बुधबार १६:०, काठमाडौँ

नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले संविधान संशोधनको विषय कहाँ पुग्यो? भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बुधबाररको बैठकमा बोल्दै सांसद बाँस्कोटाले वर्तमान सकारले केही सकारात्मक काम गरेको भएपनि संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले अहिले दलहरूले केही गर्न नसकेको भन्ने भाष्य स्थापित गरेर लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन खोजिएकोप्रति सबै सचेत हुन आवश्यक रहेको बताए।

बाँस्कोटाले संविधान संशोधनप्रति गरिएको प्रतिवद्धता अझै कार्यान्वयन नहुँदा सार्वजनिक रुपमा सरकारमाथि प्रश्न उठिरहेको बताए।

उनले भने, ‘यो समीकरणले केही कुराहरू उठाएको थियो। तर भन्नुपर्छ–संविधान संशोधनको विषय कहाँ पुग्यो? त्यो विषय अब अगाडि आउनुपर्छ। र हामीले आफूले आफूलाई पनि समिक्षा गर्नुपर्छ। सुधार्ने ठाउँहरुमा सुधार गर्न तयार हुनुपर्छ। सुध्रिनुपर्ने ठाउँमा सुध्रिनका लागि पनि तयार हुनुपर्छ। अहिले एउटा भाष्य निर्माण गर्न खोँजिदै छ। यो व्यवस्थालाई कमजोर बनाउनको निम्ति कसैले केही गरेन भन्ने जुन भाष्य निर्माण गर्न खोँजिदै छ। यो लोकतान्त्रिक संस्थाहरुलाई कमजोर बनाउने कुरा हो। पंगु बनाउने कुरा हो। अरुलाई दोष थुपारेर आफू उम्किने कुरा पनि हो। लोकतान्त्रिक अभ्यासलाई अझै  सुदृढ र गतिशील बनाउनुपर्छ।’

उनले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ र गतिशील बनाउन सबै राजनीतिक शक्ति गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले नयाँ राजनीतिक दलहरू लोकप्रियतावादमा लागेको आरोप लगाए। 

बाँसकोटाले संसद बहिस्कार गरेर व्यवस्था कमजोर बनाउनुभन्दा सुदृढ बनाउन भूमिका खेल्न समेत आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad