नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामाले नेपाल किसान महासंघ बागमती प्रदेशको अधिवेशन गर्दा दोलखा जिल्लालाई जानकारी नदिएको बताएका छन्।
कांग्रेसनिकट किसानको संगठन नेपाल किसान महासंघ बागमती प्रदेशको अधिवेशनमा उनले यस्तो बताएका हुन्। उनले दोलखामा किसान महासंघको अधिवेशनमा प्रतिनिधि नै नभएको बताए।
किसान महासंघको अधिवेशन गर्न जिल्लाले कहिले पनि असहयोग नगरेको उनको भनाई छ। उनले ‘नेतृत्वको नजिकको मान्छे चाहिएको भए त्यही अनुसारको अधिवेशन गरेर प्रतिनिधि पठाइदिन्थेँ’ भन्दै कटाक्ष गरे।
उनले भने, ‘बागमती प्रदेशको अधिवेशन गर्दैगर्दा दोलखा जिल्लालाई बाहिर राखेर गरेको कुराको असन्तुष्टी व्यक्त गरे। त्यसमा दोलखा जिल्लाले असहयोग गरेको पनि छैन। उहाँहरुले त्यो सूचना पनि प्रवाह गर्नुभएन, म भव्य रुपमा अधिवेशन गराएर उहाँहरूले प्रतिनिधि पठाएको भए त्यो गरेर पठाउँथे। आज त्यो छैन, मैले केन्द्रीय सदस्यहरू हाम्रो दोलखाको हुनुहुन्थ्यो, उहाँहरुलाई किन सूचना प्रवाह नगरेको भनेर सोध्दै गर्दा उहाँहरूलाई पनि थाहा छैन। त्यसकारण यसले हाम्रो ससंगठन मजबुत हुन सक्दैन।’
उनले के कारणले दोलखा जिल्लामा अधिवेशन नभएको हो भनेर बागमती प्रदेशको पार्टी नेतृत्वसँग पनि सोधीखोजी गरेको बताए। यसमा सबैले अनविज्ञता प्रकट गरेको उनको भनाई छ। नेपाल किसान महासंघ बागमती प्रदेशको महाधिवेशन सानेपामा बिहीबारदेखि सुरु भएको छ।
Shares

प्रतिक्रिया