नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी भित्रिएका गोकुल सापकोटालाई केन्द्रीय लेखा समीक्षा विभागको जिम्मेवारी दिइएको छ।
कांग्रेस महासमिति सदस्यसमेत रहेका सापकोटा एक महिनाअघि मात्रै रास्वपा प्रवेश गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले नेपालखबरलाई जानकारी दिए।
'उहाँ विगतमा नेपाली कांग्रेसबाट राजनीतिमा हुनुहुन्थ्यो। महासमिति सदस्य हुनुहुन्थ्यो,' उनले भने, 'एक महिनाअघि उहाँ हाम्रो पार्टीको नीति र दृष्टिकोणलाई समर्थन जनाउँदै पार्टी प्रवेश गर्नुभयो।'
उनै सापकोटालाई शुक्रबार बसेको केन्द्रीय समिति बैठकले लेखा समीक्षा विभागको प्रमुख बनाउने निर्णय गरेको हो।
3.5k
Shares

प्रतिक्रिया