राजनीति


डीएनएफ बनाउन विश्व बैंकले ५८ करोड रुपैयाँ दिने सम्झौता गर्‍यो, ५८ पैसा पनि दिएन: मन्त्री गुरुङ

डीएनएफ बनाउन विश्व बैंकले ५८ करोड रुपैयाँ दिने सम्झौता गर्‍यो, ५८ पैसा पनि दिएन: मन्त्री गुरुङ

नेपालखबर
साउन २७, २०८२ मंगलबार १४:३७, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षदेखि दोस्रो डिजिटल फ्रेमवर्क लागू हुने बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

त्यसको लागि डीएनएफ अन्तिम चरणमा पुर्‍याएको मन्त्री गुरुङको दाबी छ। २०७६ सालमा बनेको डीएनएफ धेरै अपूरो रहेको उनको भनाइ छ।

मन्त्री गुरुङले डीएनएफ बनाउन विश्व बैंकले ५८ करोड रुपैयाँ दिने भनेर सम्झौता गरेको भएपनि ५८ पैसा समेत प्राप्त हुन नसकेको बताए। विश्व बैंकका प्रतिनिधिहरूसँग सम्पर्क गर्दा सम्पर्कमा नआएको उनले बताए। सात महिनासम्म पनि विश्व बैंक सम्पर्कमा नआएपछि मन्त्रालयले पहल गरेको मन्त्री गुरुङको भनाई छ। 

मन्त्रालयमा छलफल सकिसकेको र मन्त्रिपरिषद्बाट पास भएपछि चालु वर्षबाटै लागू हुने उनले बताए।

मन्त्री गुरुङले भने, ‘दोस्रो डिजिटल फ्रेमवर्क नेपाल चालु आर्थिक वर्षदेखि लागू हुन्छ। डीएनएफ अन्तिम चरणमा पुर्‍याएका छौँ। २०७६ सालमा बनेको डीएनएफ पहिलो चरणमा बनेको थियो। यो धेरै अपूरो थियो। आइटी क्षेत्र त दिनदिनै यति धेरै फास्ट चेन्ज भइरहेको छ। यो वर्ष बनाएको पनि अर्को वर्ष संशोधन गर्नुपर्ने, सुधार गर्नुपर्ने हुन्छ। यहीँ नेर वर्ल्ड बैंकले डीएनएफमा नेपाललाई सहयोग गर्ने भनेर ५८ करोड रुपैयाँ अर्थ मन्त्रालयले बजेटमा राखेको छ। ५८ करोडमा ५८ पैसा पनि नपाएको। वर्ल्ड बैंकका मान्छेहरूलाई खोज्दा खोज्दा नपाएको, मन्त्रालयमा बोलाएर छलफल गर्न खोज्दा उनीहरु सम्पर्कमा नरहेको।’

मन्त्री गुरुङले नेपाल एआईको क्षेत्रमा धेरै पछि परेको बताए। चालु आवमा फाइभजी काठमाडौं र पोखरा उपत्यकामा सुरु गर्ने बताए। यसले एआईको प्रयोगलाई समेत प्रभावकारी बनाउने जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad