राजनीति


देशमा परिवर्तन हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

देशमा परिवर्तन हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
साउन २८, २०८२ बुधबार १८:५६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन्।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन सबै मन्त्रालयलाई समेत उचित समन्वय हुने गरी आफ्नो ठाउँबाट सक्रिय योगदान दिन आग्रह गरेका हुन्। 

'अब लर्‍याङतर्‍याङ गरेर हुँदैन। सरकार चल्नका लागि त यसै पनि चल्छ तर देशमा परिवर्तन ल्याउने हो भने कामको गति बढाउनैपर्छ। स्वच्छता, पारदर्शीता र सुशासनका क्षेत्रमा व्यापक सुधार गर्दै जनतालाई प्रभावकारिता रुपमा सेवा र सहुुलियत दिनुपर्छ । विकासका काममा तीव्रता दिनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, 'यसका लागि हामीले कतै अवरोध छ भने हटाउनुर्छ। प्रविधि र दक्षताको उपयोग गर्नुपर्छ। दिगो विकसका लक्ष्य पूरा गर्न, नेपाललाई विकासशील मुुलुकमा स्तरोन्नती गर्न र सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टबाट हटाउन कसले के गर्नुपर्छ, त्यो तदारुकताका साथ गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad