राजनीति


कुलिङ पिरियडमा चलखेल प्रकरणमा रामहरिको राजीनामाले मात्रै हुँदैन: राप्रपा

कुलिङ पिरियडमा चलखेल प्रकरणमा रामहरिको राजीनामाले मात्रै हुँदैन: राप्रपा

नेपालखबर
साउन २९, २०८२ बिहिबार १४:१३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कुलिङ अफ पिरियड व्यवस्थामाथि छेड्खानी गर्नेलाई कानुनी कारबाहीमा ल्याउन माग गरेका छन्। 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएर मात्र नपुग्ने बताएका हुन्। 

'कुलिङ अफ पिरियडको व्यवस्थामा छेड्खानी गर्ने व्यक्तिले राजीनामा दिएर मात्र पुग्ने हो कि होइन? जसले नियतवस गलत गरेको छ उसले सजायको पाएन भने सबै माननीयहरूले राजीनामा दिनुपर्ने अवस्था हुन सक्छ। उनले भने।  

यस्तो छ उनको भनाइ  
कुलिङ अफ पिरियडको व्यवस्थामा छेड्खानी गर्ने व्यक्तिले राजीनामा दिएर मात्र पुग्ने हो कि होइन? जसले नियतवस गल्ति गरेको छ उसले सजायको भोगि भएन भने सबै माननीयज्यूहरूले राजीनामा दिनुपर्ने अवस्थाहरू हुन सक्छन्। तैपनि यो सदन अडेको छ, छानविन समिति गठन भयो। 

प्रतिवेदन आयो र निराकरणको प्रक्रियामा रहेको छ। जुन श्रम मन्त्रालयअन्तर्गतका मेनपावरको जालो छ। जसको कारण गृहमन्त्रालय समेत भिजिट भिसा प्रकरणमा मुछियो। र इमिग्रेसन समेत मुछिएको अवस्था आयो। 

जो पनि भिजिट भिसामार्फत गएर रोजगारी पाइन्छ भनेर भ्रम छरेर तस्करी गर्नेलाई कानुनी कारबाहीको बारेमा कुनै कुरा भएन। गृहमन्त्रीको राजीनामासँग मात्र यस विषयको सरोकार भएन। हामीले पटक पटक  कुरा उठाएका छौं। यसको छानविनको लागि न्यायिक छानविन आयोग गठन गरियोस्। 

हामी संसदको अपमान नभई सम्मान होस् भन्न चाहेका छौं। तर भाषणमा मात्र समिति राखिन्छ। मुल तस्करलाई कारबाही नगरेसम्म हाम्रो संसद बहिस्कारको क्रम जारी रहन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad