नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको आरोप लगाएका छन्।
बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको आरोप लगाए।
आफू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियाली रहेको र आफूले सदनमा बोलेको भन्दा फरक नरहेको समेत प्रचण्डले टिप्पणी गरे।
‘गफ दिँदा जे बोले पनि हुन्छ, यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ,’ उनले भने, ‘उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ। त्यसले गर्दा पनि देश बर्बाद भएको छ।’
‘टीयू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ, उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ। त्यो बेठिक छ,’ प्रचण्डले थपे।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसद्मा सम्बोधन गर्दै त्रिवि रंगशला बनेको खोइ भन्ने प्रश्न आफूलाई गरिएको भन्दै आफूसंगै अवलोकनमा जान प्रचण्डलाई आग्रह गरेका थिए।
Shares

प्रतिक्रिया