राजनीति


देउवा, ओली र प्रचण्डमा एकल नश्लीय शासन प्रवृत्ति हाबी छः राजेन्द्र महतो

देउवा, ओली र प्रचण्डमा एकल नश्लीय शासन प्रवृत्ति हाबी छः राजेन्द्र महतो

नेपालखबर
साउन २९, २०८२ बिहिबार १८:४८, काठमाडौँ

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एकल नश्लीय शासन प्रवृत्तिका कारण लोकतान्त्रिक व्यवस्था सबै नागरिकको बन्न नसकेको टिप्पणी गरेका छन्।

बिहीबार जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले लोकतन्त्र स्थापन भएको ३५ वर्ष पुग्दा समेत नागरिकले आफ्नो अधिकार पाउन नसकेको बताए।

अध्यक्ष महतोले लोकतन्त्रमा समेत शासनको चरित्र एकल नश्लीय हुँदा जनताले अधिकारको प्रत्याभूति गर्न नसकेको टिप्पणी गरे। उनले अहिलेका शिर्ष तीन नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालमा समेत एकल नश्लीय शासन प्रवृत्ति हाबी भएको आरोप लगाए। 

उनले भने, ‘यो लोकतन्त्र पनि सबै नेपालीका लागि बन्न सकेन। किनभने यो लोकतन्त्रमा पनि शासनको चरित्र चाहिँ एकल नश्लीय भइदियो। ओली प्रवृत्ति एकल नश्लीय प्रवृत्ति हो, देउवा प्रवृत्ति एकल नश्लीय शासन प्रवृत्ति हो। प्रचण्ड प्रवृत्ति एकल नश्लीय प्रवृत्ति हो। देश एकल होइन अनि शासन चाहिँ एकल गर्ने? यो देशको शासन र संविधान एकल भइदियो। यस्तो पनि हुन्छ? सात वटा संविधान बन्दा पनि एउटै संविधान जनताको लागि बन्दैन।’

उनले मुलुकमा लामो समयदेखि उत्पिडन व्याप्त रहेको भन्दै मुलुकले क्रान्ति खोजिरहेको टिप्पणी गरे। 

उनले सातवटा संविधान निर्माण हुँदापनि एउटै संविधान जनाताको बन्न नसकेको टिप्पणी गरे। 

उनले संविधानहरू पटक पटक संशोधन हुँदा समेत जनताको समस्या समाधान गर्न नसकेको बताए।

नेता महतोले भने, ‘यो देशले क्रान्ति खोजिरहेको छ। यो देशमा उत्पिडन व्याप्त छ। यो आजैदेखि भएको होइन। नेपाल निर्माण हुँदै गर्दा जुन जगमा नेपालको निर्माण भएको हो त्यो जगमा शासन चलाइएन। जुन जगमा नेपालको निर्माण भयो सोही आधारमा शासन चलाउनुपर्थ्यो, संविधान निर्माण हुनुपर्थ्यो। त्यही नभएर नेपालमा समस्या आएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad