राजनीति


हतारमा काम गर्दा सबै सांसदहरू बेकुफ भयौँः सांसद कार्की

हतारमा काम गर्दा सबै सांसदहरू बेकुफ भयौँः सांसद कार्की

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १६:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्कीले हतारमा कुनैपनि विधेयक अघि बढाइनु नहुने बताएकी छन्। 

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। 

उनले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएको स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु नहुने उनको भनाइ थियो। 

विधेयकहरु राम्रोसँग बुझेर मात्रै अघि बढाउनुपर्ने उनको भनाइ छ। हतारमा काम गर्दा संसदका सबै सांसदहरु बेकुफ भएको घटना ताजै रहेको उनको भनाइ छ।

‘म त्यत्ति इन्टेलिजेन्स नभएर होला, तुरुन्तै अहिले ह्वारर पढेको आधारमा फिडब्याक दिन सक्दिन। हालैको अनुभव पनि छ,' उनले भने, 'हतारको काममा लतार भएर एक जना सभापतिज्युले राजीनामा दिनुपर्‍यो। त्यसैले हामीले धेरै सोच्नुपर्छ। त्यत्रो सदनमा हामी सबै सांसदहरू त बेकुफ नै भयौँ नि त। सबैले थपडी मारेर पास गर्‍यौँ, तर त्यसको नतिजा के आयो बुझेकै छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad