राजनीति


भैरहवा कारागारको भित्तामा रविले लेखे- अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ

भैरहवा कारागारको भित्तामा रविले लेखे- अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ

नेपालखबर
साउन ३१, २०८२ शनिबार १७:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भैरहवार कागरागारबाट काठमाडौँ प्रस्थान गरेका छन्।

भैरहवा कारागार छोड्दै गर्दा उनले त्यहाँको भित्तामा ‘अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ’ भन्ने वाक्यांश समेत लेखेका छन्। 

रास्वपा प्रवक्ता मनीष झाका अनुसार उनले आफूमाथि प्रतिशोध साधिएको भन्दै गारागार छोड्दा भित्तामा लेखेको विषय सुनाएका थिए।

‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेले सुनाउँदै भनेका थिए, ‘अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।’

आफूले न्याय माग्दा पनि प्रतिशोध साधिएको भन्दै उनले अदालतमा विश्वास गरेर हिँडेको समेत बताएका थिए।

रविलाई बुद्ध एयरको विमानबाट काठमाडौँ ल्याइँदै छ। उनलाई स्वागत गर्न रास्वपाका नेता/कार्यकर्ता विमानस्थलमा भेला भएका छन्।

गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। 

तर, उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो। आलोचनापछि सरकार उनलाई काठमाडौँ ल्याउन तयार भएको हो। 

लामिछानेलाई नक्खु कारागारमा राखिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad