नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको पाँचौँ महाधिवेशन आगामी मंसिरमा गरिने भएको छ।
तरुण दलका अध्यक्ष विद्वान् गुरुङका अनुसार दलको पाँचौँ महाधिवेशन २०८२ मंसिर २६, २७ र २८ गते गरिने भएको हो।
यसका लागि दलले कार्यतालिका बनाएर जिल्ला कार्यसमितिहरूलाई कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।
यस्तो छ कार्यतालिका:
१. भदौ १५ भित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने।
२. भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्ने।
३. कात्तिक २० भित्र प्रदेशसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने।
४. कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने।
५. मङ्सिर १० भित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने।
६. नेपाल तरुण दलको पाँचौँ महाधिवेशन मंसिर २६, २७ र २८ गते सम्पन्न गर्ने।
तरुण दलले जिल्ला अधिवेशनको तयारीमा रहेका जिल्ला समितिहरूले केन्द्रसँग समन्वय गरी उल्लिखित कार्यतालिकाअगावै पनि अधिवेशन गर्न सक्ने जनाएको छ।

Shares

प्रतिक्रिया