पहिराले दार्चुला–गोकुलेश्वर सडकअन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आज बिहानदेखि शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सिमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधन आवतजावतमा समस्या भएको छ।
निरन्तर ढुंगा र लेदो बगेका कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ। गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुंगा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।
जिल्ला सदरमुकाम खलंगाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन्। रासस
57
Shares

प्रतिक्रिया