नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी अवकाश भएका छन्। उपरथीको ५७ वर्षे उमेर हदका कारण अधिकारी अवकाश भएका हुन्।
२७ बेसिकका अधिकारी २०७८ फागुन २६ गते उपरथीमा बढुवा भएका थिए। गत फागुनमा उपरथीको तीन वर्षे पदावधि पूरा भएपछि मन्त्रिपरिषद् बैठकले उमेरसँग मेलखानेगरी करिव ६ महिना बढी पदावधि थप गरिदिएको थियो।
तर यो अवधिमा रथीमा बढुवा हुन कोटा खाली नभएपछि अधिकारी उपरथीमै अवकाश भएका हुन्। त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिकारीलाई रथीमा स्थानीय बढुवा गरेको थियो।
संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकारमा आवेदन दिन रथी आवश्यक भएपछि अधिकारीलाई स्थानीय बढुवा गरिएको थियो। जुन उक्त प्रयोजनको लागि मात्रै थियो। तर अधिकारी राष्ट्र संघको सैनिक सल्लाहकारमा छनोट नभएपछि स्थानीय बढुवाको पनि औचित्य सकियो।
अधिकारी सैनिक सल्लाहकार बनेको भए नेपाली सेनाले राष्ट्र संघमा हालसम्मकै उच्च तहमा प्रतिनिधित्व गर्ने थियो। यसअघि निर्मलकुमार थापा संयुुक्त राष्ट्र संघको शान्ति मिसनमा सिरियामा फोर्स कमान्डर थिए। नेपाली सेनाले राष्ट्र संघमा पाएको यो नै उच्च तह हो।
अवकाश भएका अधिकारी अधिकारी २०६९ चैतमा महासेनानी र २०७५ भदौमा सहायक रथीमा बढुवा भएका थिए। हाल सैनिक मुख्यालयको युद्ध कार्य विभागको प्रमुख रहेका अधिकारी अवकाशको उक महिनादेखि नै बिदामा थिए।
उपरथी प्रेमध्वज अधिकारीको पदावधि थप
Shares

प्रतिक्रिया