अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानुनहरूमाथि प्रश्न उठाएका छन्।
अहिलेका कानुनहरू थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताएका हुन्।
बुधबारको अर्थसमितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे।
सभापति चालिसेले भने, ‘यस्ता कानुन बनाउने को हो यो? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि। थुन्ने होइन नि। कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातवरण हाम्रा कानुनले बनाइदिनुपर्छ। उसले पैसा नपाएर रुवावासी, यता थुनिने थुनभित्र रुवाबासी गर्नुपर्ने। त्यो पनि हुन्छ कहीँ? कसैले बद्मासी गरेको छ भने सम्पत्ति रोक्का गरेर भएपनि हामीले तिनैपर्छ भन्नुपर्छ। थुन्नु हुँदैन। बाहिर राख्नुपर्छ। थुनेर के फाइदा हुन्छ। कसलाई फाइदा हुन्छ?’
उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताए। उनले त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे।
बुधवारको अर्थसमिति बैठकले वैकल्पिक वित्तसम्बन्धी विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ। उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रस्तुत गर्नेछन्।
Shares

प्रतिक्रिया