राजनीति


नेपाललाई नसोधी भारत र चीनले लिपुलेकबारे सहमति गर्नु गम्भीर चिन्ताको विषय: बाबुराम भट्टराई

नेपाललाई नसोधी भारत र चीनले लिपुलेकबारे सहमति गर्नु गम्भीर चिन्ताको विषय: बाबुराम भट्टराई

फाइल तस्बिर: बाबुराम भट्टराई


नेपालखबर
भदौ ४, २०८२ बुधबार २०:३६, काठमाडौँ

नेपालसँग सल्लाह नै नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु गम्भीर चिन्ताको विषय भएको पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले बताएका छन्। 

यस विषयमा नेपाल सरकारलाई कूटनीतिक र राजनीतिक कदम चाल्न भट्टराईले आग्रह गरेका छन्। 

‘नेपालसँग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितकानिम्ति गम्भीर चिन्ता र चासोको विषय हो’, भट्टराईले बुधबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पहिलेदेखि नेपालले दाबी गर्दै आएको, भारतले समेत विवादको विषय स्वीकारेको र चीनले नेपालसँग परामर्श गरेर मात्र निर्णय गर्ने भन्दै आएको भनिएको यो विषयमा दुई ठूला छिमेकीले पुनः एकतर्फी सहमति गर्नु नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथिको ठूलो चुनौती हो। यसबारे नेपाल सरकारले गम्भीरतापूर्वक राष्ट्रिय हितको पक्षमा आवश्यक कूटनीतिक र राजनीतिक कदम चालोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad